टिपरको ठक्करले एक जनाको मृत्यु

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १६, शुक्रबार १४:१६

सिरहा । सिरहाको कर्जन्हामा टिपरको ठक्करबाट ईभीमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका–४ भुल्केमा आज (शुक्रबार) पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ईभीलाई विपरीत दिशाबाट आउँदै गरेको टिपरले ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते गोलबजार नगरपालिका–४ की करिब ४५ वर्षीया शोभाकुमारी यादवको फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते २२ वर्षीया प्रियंका यादवलाई हेलिकोप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको छ भने अर्की घाइते ललिता महतोलाई विराटनगर पठाइएको छ । तीन घाइतेको कर्जन्हामै उपचार भइरहेको छ ।

दुर्घटनामा परेका सबैजना जितिया पर्वका व्रतालु रहेको पारिवारिक स्रोतले जनाएको छ । उनीहरू कमला नदीमा नुहाउन जाँदै थिए । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको कार्यसम्पादनप्रति प्रधान कार्यालय असन्तुष्ट, सुरक्षा चुनौतीको गहन विश्लेषण गर्न निर्देशन
इलाममा आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा आयुष्मा र रितिक प्रथम
इलाममा आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा आयुष्मा र रितिक प्रथम
बर्जुमा अपांगता भएका व्यक्तिलाई वित्तीय साक्षरता र सुरक्षित आवाससम्बन्धी तालिम
बर्जुमा अपांगता भएका व्यक्तिलाई वित्तीय साक्षरता र सुरक्षित आवाससम्बन्धी तालिम
मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद, क्षेत्रीय सभापतिसहित वडा सभापति बहिष्कारमा
कांग्रेस महाधिवेशन उद्घाटन गर्न देउवालाई निमन्त्रणा
निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव
टिपरको ठक्करले एक जनाको मृत्यु
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रधानमन्त्री शाहको कार्यशैलीप्रति प्रचण्डको असन्तुष्टि
चाडपर्वमा यात्रु ठगिए प्रहरीको साथ, मोरङसहित कोशीका ४८ स्थानमा यात्रु सहायता कक्ष
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×