सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १७, शनिबार १९:१५

विराटनगर । मोरङको सुकुना बहुमुखी क्याम्पसले १३८ जना जेहेन्दार विद्यार्थीलाई आठ लाख ६१ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ । देशकै उत्कृष्ट सामुदायिक क्याम्पसका रूपमा परिचित क्याम्पसको २०औँ क्याम्पस सभा (सिनेट) बैठकका अवसरमा छात्रवृत्ति वितरण गरिएको हो ।

अक्षय कोषको ब्याज, दाता सङ्घसंस्था तथा व्यक्तिबाट प्राप्त रकम, विभिन्न वित्तीय संस्था र दातृ निकायको सहयोग तथा क्याम्पस कोषबाट गरी उक्त रकम वितरण गरिएको हो । चालु आर्थिक वर्षमा क्याम्पसले कुल ५६ लाख ९९ हजार ५०० रुपैयाँ छात्रवृत्ति वितरण गर्ने योजना बनाएको सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले जानकारी दिए ।

छात्रवृत्ति वितरण कार्यक्रम छात्रवृत्ति समितिका संयोजक रमेश खड्काको अध्यक्षतामा भएको थियो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापा र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले क्याम्पसको छात्रवृत्ति योजनाबारे जानकारी दिएका थिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा भएको सिनेट बैठकको उद्घाटन सत्रमा क्याम्पस प्रमुख अधिकारीले क्याम्पसको प्रगति प्रतिवेदन, नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०८३/८४ का लागि २५ करोड ८५ लाख ३६ हजार ३४० रुपैयाँको बजेट प्रस्तुत गरे ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. खड्गबहादुर केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँ, जनभावना क्याम्पस ललितपुरका क्याम्पस प्रमुख एवं पब्लिक क्याम्पस सङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष शिवराज सञ्जेललगायत छिमेकी क्याम्पसका प्रमुखहरूको उपस्थिति थियो ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगको अनुदानमा निर्मित १४ कोठे भवनको उद्घाटन गर्दै अध्यक्ष केसीले सामुदायिक क्याम्पसलाई आर्थिक, भौतिक, व्यवस्थापकीय तथा अनुसन्धानका क्षेत्रमा आयोगले सहयोग गर्ने बताए । उनले सुकुना क्याम्पसको कार्यसम्पादनबाट आफू सन्तुष्ट रहेको समेत बताए ।

सिनेट बैठकमा क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष देवेन्द्रकुमार मास्के, पूर्वउपाध्यक्ष उद्धवप्रसाद रिजाल, पूर्वक्याम्पस प्रमुख पीतकुमार श्रेष्ठ, पूर्वविद्यार्थी डा. नेत्रबहादुर कार्की र सामुदायिक क्याम्पसतर्फ उत्कृष्ट नतिजा हासिल गर्ने बीएड् विज्ञानकी छात्रा जीविका सापकोटालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्ववियु अध्यक्ष एलिस ओझा, दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख यज्ञराज गिरी, सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. नेत्रबहादुर कार्की र जनभावना क्याम्पस ललितपुरका क्याम्पस प्रमुख शिवराज सञ्जेलले सिनेट बैठकको सफलताको शुभकामना दिएका थिए ।

उद्घाटन सत्रपछि सञ्चालक समितिका अध्यक्ष थापाको अध्यक्षतामा सिनेट बैठकको बन्दसत्र सञ्चालन भएको थियो । बन्दसत्रले क्याम्पसको प्रगति प्रतिवेदन, आन्तरिक लेखा समितिको प्रतिवेदन, नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत २५ करोड ८५ लाख ३६ हजार ३४० रुपैयाँको बजेट पारित गरेको छ । कार्यक्रमका दुवै चरणको सञ्चालन सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले गरेका थिए ।

क्याम्पसले पछिल्लो समय सुकुना प्रभा रेडियो कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस कार्यक्रम सञ्चालन गर्ने उत्कृष्ट तीन छात्र छात्रालाई पनि छात्रवृत्ति दिइएको छ । गंगा दियाली ऋतु कार्की र खगेन्द्र घिमिरेले पाएका छन् । यस्तै, उत्कृष्ट भित्ते पत्रिका प्रकाशन गर्नेलाई पनि छात्रवृत्ति प्रदान गरिएको छ । यसका लागि केविना पाण्डेले प्राप्त छात्रवृत्ति गरेकी छन् ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×