त्रिविका परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १७, शनिबार १७:४२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अन्तर्गतका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा जडान गर्न अनिवार्य गरेको छ ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको २०८३ साल भदौ ३ गते बसेको बैठकको निर्णयअनुसार परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य स्पष्ट देखिने गरी सीसी क्यामरा जडान गर्नुपर्ने व्यवस्था गरिएको हो ।

कार्यालयका अनुसार क्यामरामा कम्तीमा डेढ महिनासम्मको दृश्य रेकर्ड सुरक्षित हुनुपर्नेछ। साथै, उक्त रेकर्डको अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालयलाई पहुँच उपलब्ध गराउनुपर्नेछ ।

आगामी दिनमा परीक्षा सञ्चालन गर्दा यो व्यवस्था अनिवार्य रूपमा पालना गर्न सबै परीक्षा केन्द्रलाई कार्यालयले सूचित गरेको छ । तोकिएबमोजिम सीसी क्यामरा जडान नगर्ने वा अनुगमनको पहुँच उपलब्ध नगराउने परीक्षा केन्द्र परिवर्तनसमेत गर्न सकिने कार्यालयले चेतावनी दिएको छ ।

तपाइको प्रतिक्रिया
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम: ५० प्रतिशत सङ्क्रमितको मृत्यु
जेई संक्रमणबाट २८ जनाको मृत्यु, १३१ जना संक्रमित
नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते
दाउन्ने बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत
पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×