कहाँ भयो भारी वर्षा ?

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार ०७:५१
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 

काठमाडौं । पछिल्लो २४ घण्टामा कास्कीमा सबैभन्दा बढी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्कीको मालेपाटनमा ६० मिलिमिटर वर्षा मापन भएको छ ।

मालेपाटनमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएपछि उक्त क्षेत्रको वर्षालाई भारी वर्षाका रूपमा वर्गीकरण गरिएको छ । कास्कीकै पोखरा स्टेशनमा भने ४७ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।

महाशाखाका अनुसार कास्कीबाहेक काठमाडौं, ललितपुर, चितवन र काभ्रेलगायत देशका विभिन्न स्थानमा पनि मध्यम वर्षा भएको छ । बधुबार पनि देशका केही स्थानमा भारीदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद्हरूले २४ घण्टामा १० देखि ५० मिलिमिटरसम्म वर्षा भएमा मध्यम, ५० देखि १०० मिलिमिटरसम्म भएमा भारी, १०० देखि २०० मिलिमिटरसम्म भएमा धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा भएको मान्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×