
इलाम । माई नगरपालिकाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २० लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय इलाममार्फत उक्त रकम कोषमा जम्मा गरेको हो ।
माई नगरपालिकाका नगर प्रमुख खम्बासिं लिम्बु र प्रमुख प्रशासकीय अधिकृत विनिता सुवेदीले इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई २० लाख ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।



















