प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार २१:२५

काठमाडौं ।रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज -बुधबार) राति ८ बजेसम्म मौज्दात रकम १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ रुपैयाँ पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मौज्दात १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ तथा हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर पुगेको छ ।

सरकारले उक्त कोषमा जम्मा भएको रकममध्ये यसअघि एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
दसैँ-तिहार सुरक्षामा ५० हजार प्रहरी परिचालन
सरकारद्वारा तीन अध्यादेश जारी गर्न सिफारिस
संखुवासभाको दुर्गम भोटखोला क्षेत्रमा विद्युतको केन्द्रीय प्रसारण लाइन
प्रधानमन्त्री राहत कोषमा १७ अर्ब
बिर्तामोडमा फर्निचर पसलमा आगलागी, एक जना घाइते
बीएस्सी सीएसआईटी र बीसीएका नयाँ विद्यार्थीलाई विराट क्षितिजको अभिमुखीकरण
बीएस्सी सीएसआईटी र बीसीएका नयाँ विद्यार्थीलाई विराट क्षितिजको अभिमुखीकरण
तीनकुने आन्दोलनमा सुरक्षा संयन्त्र असफल, चार अधिकारीमाथि कारबाही सिफारिस
मन्त्रिपरिषद्को निर्णय: तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस, अरु के के छन् ?
विदेशमा दसैँको टीका लगाउने समय देशअनुसार फरक
विपद्मा बेपत्ता भएकालाई ४५ दिनमै मृतक घोषणा गर्न सरकारको तयारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×