संखुवासभाको दुर्गम भोटखोला क्षेत्रमा विद्युतको केन्द्रीय प्रसारण लाइन

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार २१:२९

संखुवासभा । संखुवासभाको दुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणको ग्रामीण विद्युतीकरण आयोजनामार्फत केन्द्रीय प्रसारण लाइन जोडिएको छ ।

लामो समयदेखि पोल र तार जडान भए पनि विद्युत् आपूर्ति हुन सकेको थिएन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज चापागाईंले केन्द्रीय तहमा गरिएको समन्वय र निरन्तरको पहलपछि राष्ट्रिय प्रसारण लाइन सुचारु भएको जानकारी दिए ।

पहिलो चरणमा गाउँपालिकाको केन्द्र हटियासम्म बिजुली पुगेको छ भने केही दिनभित्रै वडा नं ३ को हुङ्गुङ गाउँसम्म लाइन विस्तार हुनेछ । सदरमुकाम खाँदबारीबाट हटिया पुग्न दुई दिनको पैदल यात्रा गर्नुपर्ने र पालिकाका पाँचै वडा समेट्न २६ दिन लाग्ने विषम भौगोलिक बनावट रहेको छ ।

भरपर्दो विद्युत् सेवाले अब सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय र स्थानीयको दैनिकी सहज हुने अपेक्षा गरिएको छ । चीन र भारत जोड्ने कोशी करिडोर यही गाउँपालिका भएर निर्माण भइरहेको छ । २ हजार ४०० मिटर उचाइमा रहेको किमाथाङ्का नाका बाह्रै महिना सञ्चालनमा ल्याउन सकिने भएकाले यहाँ भन्सार, सीमा प्रशासन र अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने स्थानीयको माग छ ।

साथै, विद्युत् पुगेसँगै नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा विस्तार गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ । सूचना तथा सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणले यसलाई प्राथमिकतामा राखेमा सडक, बिजुली र सञ्चारको उपलब्धताले त्रिदेशीय व्यापार र समग्र क्षेत्रको समृद्धिमा नयाँ आयाम थपिने स्थानीयको विश्वास छ ।

तपाइको प्रतिक्रिया
दसैँ-तिहार सुरक्षामा ५० हजार प्रहरी परिचालन
सरकारद्वारा तीन अध्यादेश जारी गर्न सिफारिस
संखुवासभाको दुर्गम भोटखोला क्षेत्रमा विद्युतको केन्द्रीय प्रसारण लाइन
प्रधानमन्त्री राहत कोषमा १७ अर्ब
बिर्तामोडमा फर्निचर पसलमा आगलागी, एक जना घाइते
बीएस्सी सीएसआईटी र बीसीएका नयाँ विद्यार्थीलाई विराट क्षितिजको अभिमुखीकरण
बीएस्सी सीएसआईटी र बीसीएका नयाँ विद्यार्थीलाई विराट क्षितिजको अभिमुखीकरण
तीनकुने आन्दोलनमा सुरक्षा संयन्त्र असफल, चार अधिकारीमाथि कारबाही सिफारिस
मन्त्रिपरिषद्को निर्णय: तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस, अरु के के छन् ?
विदेशमा दसैँको टीका लगाउने समय देशअनुसार फरक
विपद्मा बेपत्ता भएकालाई ४५ दिनमै मृतक घोषणा गर्न सरकारको तयारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×