दसौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार १०:२४
दसौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको तयारीलाई तीव्र गतिमा अगाडि बढाइ रहेको छ । राखेपले दसौँ राष्ट्रिय खेलकुदलाई प्रभावकारी रूपमा सम्पन्न गर्ने सन्दर्भमा सरोकारवालसँग छलफल गरेको छ ।

राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, राखेप कार्यकारी समितिका सदस्य, राखेपका बोर्ड सदस्यलगायतको उपस्थितिमा भएको बैठकमा तयारीलगायत विविध पक्षमा छलफल भएको थियो ।

दसौँ राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३२ खेलका राष्ट्रिय संघका पदाधिकारी, विषयगत उपसमितिका संयोजकसहित सचिव तथा विषयगत उपसमितिका सचिवसँग छलफल भएको थियो । दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×