सबैलाई समेट्छौँ : थापा

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार १२:०५

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार गगन थापाले पार्टीभित्रका असन्तुष्ट र निर्वाचनमा पराजित नेताकार्यकर्तालाई समेटेर अघि बढ्ने बताएका छन् ।

महाधिवेशन मतदानस्थलमा पत्रकारसँग कुरा गर्दै थापाले महाधिवेशन प्रक्रियामा सहभागी नभएका नेताहरूलाई समेत पार्टीमा समेट्ने प्रयास गर्ने बताए । कांग्रेसभित्रको असन्तुष्टिलाई सम्बोधन गरिने उनको भनाइ थियो ।

‘पार्टीका केही साथीहरू हाम्रो प्रक्रियामा सहभागी नभएर बाहिर हुनुहुन्छ । उहाँहरूलाई समेट्ने कोसिस गर्छौं,’ थापाले भने, ‘कांग्रेसभित्रको असन्तुष्टि हो भने त्यसलाई सम्बोधन गर्ने प्रयास गर्छौं ।’

उनले महाधिवेशनमा प्रतिस्पर्धा गरेर पराजित हुनेहरूलाई पनि उचित जिम्मेवारी दिएर अघि बढ्ने बताए । कांग्रेसका प्रत्येक व्यक्ति महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले कसैलाई केन्द्रीय समितिमा र कसैलाई अन्य जिम्मेवारीमा जोडेर पार्टीलाई एकताबद्ध बनाउने बताए ।

आफू विगतमा पार्टीको निर्वाचनमा पराजित भएर पनि निरन्तर काम गर्दै पुनः निर्वाचित भएको अनुभव सुनाएका थापाले हारजितलाई सामान्य रूपमा लिनुपर्ने धारणा राखे । निर्वाचनको परिणामकै आधारमा राजनीतिक निर्णय बदल्नु उचित नहुने उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×