
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेसँग धरौटी माग गरिएको छ । ललितपुर जिल्ला अदालतले दुवैलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले जोशीसँग १५ लाख र पाण्डेसँग १२ लाख रुपैयाँ धरौटी माग गरेको अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले केही दिनअघि दुवैलाई पक्राउ गरेको थियो ।
सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले बिहीबार उनीहरूविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।

























