एआईजी वंशीराज दाहाल सेवाबाट हटाइए

Share this
640shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २३, शुक्रबार २०:३७
सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित

काठमाडौं । नेपाल सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार आचरणसम्बन्धी नियम पटक–पटक उल्लंघन गरेको, अनुशासनहीन कार्य गरेको तथा नेपाल सरकार र आफू कार्यरत संगठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्‍याउने काम गरेको कसुरमा दाहाललाई विभागीय कारबाही गरिएको हो ।

मन्त्रालयका अनुसार दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाइएको छ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमार्फत उक्त निर्णयबारे सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×