
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) विराटनगर महानगरपालिकाको इन्चार्जमा देवा यादव चयन भएका छन् । नेकपा मोरङ जिल्ला कमिटीको बैठकले यादवलाई महानगर इन्चार्जको जिम्मेवारी दिएको हो ।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय भएका यादव हाल पार्टीको कोशी प्रदेश सचिवालय सदस्यसमेत हुन् । महानगर इन्चार्जको नयाँ जिम्मेवारी पाएपछि यादवले पार्टीलाई सशक्त र चलायमान बनाएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैगरी, नेकपा विराटनगरको संयोजकको जिम्मेवारी राजेन्द्र सुवेदीले पाएका छन् ।



















