बाढीले टाइम्स इनर्जीमा ठूलो क्षति, १८ जना कर्मचारी भागेर सुरक्षित स्थानमा

Share this
632shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार ११:५२

काठमाडौं । गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ । बाढी आउन लागेको सूचना पाएपछि भागेका आयोजनाका १८ जना कर्मचारीले भने ज्यान जोगाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रारम्भिक सूचनामा बाढीले कम्पनीका नौवटा ब्लक र छवटा सार्वजनिक भवन बगाएको छ । आयोजनामा कार्यरत १८ जना कर्मचारीले स्थानीयबाट बाढी आउन लागेको सूचना पाएपछि सुरक्षित स्थानमा गएर ज्यान जोगाएका हुन् । उनीहरू आफैँ अग्लो स्थानमा पुगेका थिए ।

उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिए । ‘प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरू आ–आफ्नो क्षेत्रमा परिचालित छन् । अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा मानवीय जीवनको रक्षा गर्नु हो,’ उप्रेतीले भने ।

नेपाली सेनाले यसअघि नै जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिसकेको जनाएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको हवाई टोली काठमाडौंंँबाट परिचालन गरिएको छ । स्थलमार्गबाट पनि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली खटिएका छन् ।

तपाइको प्रतिक्रिया
कांग्रेस महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
चाडपर्वमा विशेष सुरक्षा प्रदान गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
बाढी प्रभावित क्षेत्रबाट सेनाद्वारा ३६ जनाको उद्धार
नारायणी र त्रिशूली नदी तटीय क्षेत्रमा सतर्कता
उच्च जोखिममा बेनीघाट र मुग्लिन
दसैँघरमा राखियो जमरा
शोकबीचको दसैँ, संयमित उत्सवको सन्देश
बूढीगण्डकीमा बाढीको प्रारम्भिक कारण पहिरो, वास्तविकता खोज्दै विज्ञ टोली
बाढीले टाइम्स इनर्जीमा ठूलो क्षति, १८ जना कर्मचारी भागेर सुरक्षित स्थानमा
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
बूढीगण्डकी बाढी प्रभावितलाई सहयोग गर्न कांग्रेस सभापति थापाको अपिल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×