कांग्रेस महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार १३:५१

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला)  तर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायमै राखेका छन् ।

प्राप्त पछिल्लो मतगणना विवरणअनुसार उपसभापति (खुला) तर्फ डा. भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ई. मधु आचार्यले ७१२, सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३७१ र प्रा.डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन् ।

उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरी ६१५ मतसहित अग्रस्थानमा छन् । जीवन परियारले ५७८, सीता गुरुङले ३३४, फरमुल्लाह मंसुरले २८५ र रंजीत कर्णले १८३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले १ हजार ३८१ मत प्राप्त गर्दै अग्रता बनाएका छन् । उदयशम्शेर राणा ७८६ मतसहित दोस्रो स्थानमा छन् भने अमरसिंह पुन मगर ६९५ मतसहित तेस्रो स्थानमा छन् । यसअघि राणाभन्दा अगाडि रहेका पुन पछिल्लो मतगणनामा पछि परेका हुन् ।

महामन्त्री (खुला) तर्फ डा. सुनीलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन् ।

महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले ९६५ मत प्राप्त गर्दै अग्रता लिएकी छन् । उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ मत प्राप्त गरेकी छन् । उनीहरूबीचको मतान्तर १३ रहेको छ । यस पदमा रिता खनालले २५१ मत प्राप्त गरेकी छन् । मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×