प्रस्तावित राजदूतहरूको सुनुवाइ हुँदै

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २६, सोमबार ०८:४१

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज (सोमबार) संसदीय सुनुवाइ गर्दैछ ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा हुने समितिको बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ हुने कार्यसूची तय गरिएको छ ।

बैठकमा भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि प्रस्तावित कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित चिरनजङ्ग थापा र बेलायतका लागि प्रस्तावित पूर्वप्रधानसेनापति गौरव शमशेर जबरालाई आमन्त्रण गरी सुनुवाइ गरिनेछ ।

प्रस्तावित राजदूतहरूको सुनुवाइ अघि समितिले उनीहरूविरुद्ध परेका उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूलाई बोलाएर छलफल गर्ने भएको छ ।

उजुरीकर्ताहरूसँगको छलफल सकिएपछि प्रस्तावित व्यक्तिहरूको कार्ययोजना र योग्यतासम्बन्धी सुनुवाइ अघि बढाइने संसद् सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×