फेसबुकमा खुकुरी देखाएर डरत्रास फैलाएको आरोपमा युवक पक्राउ

Share this
797shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २६, सोमबार ११:१५
 

जनकपुरधाम । सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाएर डरत्रास फैलाउने किसिमको तस्बिर राखेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१३, धाताटोलका १८ वर्षीय सुमन पटेललाई आइतबार साँझ आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरी प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालका अनुसार पटेलले फेसबुकमा धारिलो हतियार खुकुरी देखाएर डरत्रास फैलाउने प्रकृतिको तस्बिर अपलोड गरेका थिए ।

नियन्त्रणमा लिइएका पटेलमाथि अनुसन्धान भइरहेको र प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×