काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनालाई तीव्रता दिन केन्द्रीय निर्वाचन समितिले थप व्यवस्थापन गरेको छ । निर्वाचन समितिका सदस्य तथा अधिवक्ता राजु कटुवालका अनुसार अहिले २३ वटा स्थानमा मतगणना भइरहेको छ ।
कटुवालका अनुसार ७ हजार ३९ जना महाधिवेशन प्रतिनिधिले दिएको मत गणना गर्नुपर्नेछ । यस क्रममा करिब एक लाख ८४ हजार मतपत्र गणना गर्नुपर्नेछ । मतदाता सङ्ख्या र समावेशी समूहको सङ्ख्या बढेकाले मतगणना छिटो सम्पन्न गर्न समिति लागिपरेको उनले बताए ।
उनका अनुसार नेपाली जनसम्पर्क समितिका लागि नौ स्थानमा, आदिवासी जनजाति समूहका लागि तीन स्थानमा र सहमहामन्त्री ९महिला र खुला० पदका लागि चार स्थानमा मतगणना भइरहेको छ । पिछडिएको क्षेत्रका लागि दुई स्थानमा पनि मतगणना जारी छ ।
पार्टीको भौतिक संरचनाले भ्याएसम्मका स्थानमा मतगणना भइरहेको र थप स्थान आवश्यक परे कार्यालयबाहिर टेन्ट टाँगेर भए पनि गणना स्थल बढाउने प्रयास भइरहेको कटुवालले जानकारी दिए ।
अघिल्लो महाधिवेशनमा मतगणना सम्पन्न गर्न करिब १२ दिन लागेको स्मरण गर्दै उनले यस पटक मतदाता सङ्ख्या र समावेशी समूह बढेकाले चुनौती थपिएको बताए ।
‘यस पटक थप क्लस्टर र मतदाता सङ्ख्या बढेकाले काममा चुनौती छ, तर हामी द्रुत गतिमा काम गरिरहेका छौँ । हामीले तीन दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरेका छौँ,’ कटुवालले भने ।
विभिन्न समावेशी समूह, पेसागत क्षेत्र र द्वन्द्वपीडितलगायतका समूहको छुट्टाछुट्टै मतगणना भइरहेकाले यस पटकको निर्वाचन प्रक्रिया थप जटिल बनेको उनको भनाइ छ । यद्यपि, मतगणनाको व्यवस्थापनमा कुनै कसर बाँकी नराखिएको उनले बताए ।