एमालेका १३ जना केन्द्रीय सदस्यले लिए शपथ

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २६, सोमबार १६:५१

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीमा मनोनीत १३ जना सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथ गराएका हुन् ।

शपथ लिनेमा सिर्जना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्बुहाङ, नवीन रोका, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी छन् ।

एमालेको असोज २४ गते बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×