
काठमाडौं । नेकपाका संयुक्तका नेता डा. विजय पौडेलको आज (सोमबार) निधन भएको छ । स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई कीर्तिपुर अस्पताल लगिएको थियो ।
कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार अस्पताल ल्याइपुर्याउनासाथ पौडेलको निधन भएको हो । के कारणले निधन भएको हो भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
लामो समय नेकपा (एमाले) को राजनीतिमा सक्रिय रहेका पौडेल एमालेबाट माधव नेपालको समूह अलग्गिएपछि एकीकृत समाजवादीमा आबद्ध भएका थिए । त्यसपछि उनी नेकपा संयुक्तमा सक्रिय भएका थिए ।

























