बजेटप्रति असन्तुष्टि जनाउँदै एमाले सांसदको राजीनामा

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार १०:५८

कैलाली । सुदूरपश्चिम प्रदेशसभाका सदस्य वीरबहादुर थापाले सांसद पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका नेकपा (एमाले)का थापाले बजेट पारित भएलगत्तै पद त्यागेका हुन् ।

थापाले मंगलबार प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीसमक्ष आफ्नो राजीनामा बुझाएका छन् । प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै आएका उनले बजेट पारित भएपछि प्रदेशसभा सदस्यको जिम्मेवारीबाट अलग हुने निर्णय लिएका हुन् ।

थापा सुदूरपश्चिम प्रदेश सरकारमा लामो समय भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीका रूपमा समेत कार्यरत थिए । मन्त्री र सांसद दुवै भूमिकामा काम गरिसकेका उनले बजेटप्रतिको असन्तुष्टिलाई राजीनामामार्फत व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
एसियन गेम्सका पदक विजेताले पाए पुरस्कार
विराटनगरमा फुटपाथमै प्रभु बैंकको स्कार्पियो, पैदलयात्री सडकमा हिँड्न बाध्य
मदनकृष्णको जीवनकथा अब ठूलो पर्दामा
कोशीको नाम परिवर्तनदेखि मुकुमलुङको केवलकार रोक्नेसम्मका माग
देवानगन्जमा ५७ किलो गाँजा बरामद, मोटरसाइकल चालक फरार
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित, उजुरीमाथि अध्ययन गरिने
कांग्रेसमा आदिवासी जनजातितर्फका २० उम्मेदवार निर्वाचित
प्रदेशको समृद्धिका लागि सहकार्यको खाका : एउटाको उत्पादन, अर्काको प्रशोधन र अर्कोबाट निर्यात
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब संकलन
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×