एमालेको राष्ट्रिय कार्यकर्ता भेला मंसिर २ र ३ गते काठमाडौंमा

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २७, मंगलबार १५:०५

काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।

पार्टीको स्थायी कमिटीको प्रथम बैठकले राष्ट्रिय भेला आयोजनाबारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र स्थान तय भएको एमाले सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २५ गतेसम्म भएको स्थायी कमिटीको प्रथम बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीको अधिवेशन र राष्ट्रिय कार्यकर्ता भेला आयोजनालगायतका निर्णय गरेको थियो ।

राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने सङ्गठन विभाग प्रमुख ढकालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
विराटनगरमा जीवन विकासको मिठाइमा ढुसी, नमुना परीक्षणमा
राष्ट्रपति पौडेलद्वारा दुई वटा अध्यादेश जारी
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
विभागीय टोली आर्मीलाई आइटीएफ तेक्वान्दोको उपाधि 
कोशीमा चाडपर्व सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन
कोशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
संखुवासभाको दुर्गम गाउँमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित
जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल–दक्षिण अफ्रिका सहकार्यमा जोड
पाथीभरामा चहलपहल बढ्यो, एकै दिन ठूलो संख्यामा तीर्थालु
राजमार्गका होटलमा बासी खाना दिए कारबाही हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×