विराटनगरमा फुटपाथमै प्रभु बैंकको स्कार्पियो, पैदलयात्री सडकमा हिँड्न बाध्य

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार १२:५२

विराटनगर । चाडपर्वको मुखमा विराटनगरको जलजलाचोकस्थित प्रभु बैंकअगाडि फुटपाथमै बैंकको स्कार्पियो गाडी पार्किङ गरिँदा पैदलयात्रीलाई सास्ती भएको छ ।

दिनहुँ हजारौँ मानिसको आवतजावत हुने जलजलाचोक क्षेत्रमा पैदलयात्रीका लागि छुट्याइएको फुटपाथमै प्रदेश ३–०१–०२३ प २६०८ नम्बरको गाडी राखिएपछि सर्वसाधारण मुख्य सडकबाट हिँड्न बाध्य भएका छन् । फुटपाथ अवरुद्ध हुँदा पैदलयात्रीको आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ ।

पैदलयात्री सहज र सुरक्षित रूपमा हिँड्नका लागि बनाइएको फुटपाथमै सवारीसाधन राखिएपछि सार्वजनिक सडकको प्रयोग र व्यवस्थापनमाथि प्रश्न उठेको छ । बैंकअगाडि ट्राफिक प्रहरीको उपस्थिति हुँदासमेत फुटपाथमा गाडी पार्किङ गरिनुले सडक व्यवस्थापनमा जिम्मेवार निकायको भूमिकामाथि पनि प्रश्न खडा गरेको छ ।

चाडपर्वका बेला बजार क्षेत्रमा मानिसको चाप बढ्ने भएकाले पैदलयात्रीको सुरक्षामा विशेष ध्यान दिनुपर्ने हुन्छ । तर, फुटपाथमै गाडी राखिँदा पैदलयात्री सवारीसाधन गुड्ने सडकमा हिँड्नुपर्ने अवस्था बनेको छ । यसले दुर्घटनाको जोखिम बढाउनुका साथै सर्वसाधारणको सहज आवागमनमा समेत बाधा पुर्‍याएको छ ।

जलजलाचोकमा प्रभु बैंकअगाडि देखिएको दृश्यले फुटपाथ पैदलयात्रीका लागि हो कि सवारीसाधन पार्किङका लागि भन्ने प्रश्न उठाएको छ । सम्बन्धित ट्राफिक प्रहरी र बैंक प्रशासनले यस विषयमा ध्यान दिई फुटपाथमा हुने पार्किङ हटाएर पैदलयात्रीको आवागमन सहज र सुरक्षित बनाउन आवश्यक रहेको स्थानीय बताउँछन् ।

तपाइको प्रतिक्रिया
महानवमीमा विराटनगरदेखि रंगेलीसम्म १०औँ निशान ध्वजा पैदल यात्रा हुने
सातै प्रदेशबीच विकास साझेदारी गर्ने सहमति, मुख्यमन्त्री मञ्च गठन गरिने (घोषणापत्रको पूर्णपाठसहित)
दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, २४ घण्टामा ७८ हजार बाहिरिए
सांसद खगेन्द्र सुनारमाथि प्रहरीको आन्तरिक अनुसन्धान
उदयपुरमा करेन्ट लागेर वृद्धको मृत्यु
एसियन गेम्सका पदक विजेताले पाए पुरस्कार
विराटनगरमा फुटपाथमै प्रभु बैंकको स्कार्पियो, पैदलयात्री सडकमा हिँड्न बाध्य
मदनकृष्णको जीवनकथा अब ठूलो पर्दामा
कोशीको नाम परिवर्तनदेखि मुकुमलुङको केवलकार रोक्नेसम्मका माग
देवानगन्जमा ५७ किलो गाँजा बरामद, मोटरसाइकल चालक फरार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×