१० राजदूतको बाटो खुल्यो, सुनार अस्वीकृत

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार ०६:२०

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि प्रस्तावित नेपाली राजदूतको नाम अनुमोदन गरेको छ । साउदी अरबका लागि सिफारिस गरिएका गिरीबहादुर सुनारको नाम भने समितिले अस्वीकार गरेको छ ।

सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया पूरा गरेपछि १० जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । अनुमोदित नाम अब राष्ट्रपतिबाट नियुक्ति हुने प्रक्रियामा अघि बढ्नेछन् ।

समितिबाट अनुमोदित हुनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चीरनजंग थापा र बेलायतका लागि गौरब शमशेर जबरा छन् । त्यस्तै, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पदमाक्षी राणा, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ती शेरचन र श्रीलंकाका लागि डा. मञ्चला कुमारी झाको नाम पनि समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले सम्बन्धित मुलुकसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने तथा श्रम र पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने योजनासहित आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । १० जनाको नाम अनुमोदन हुँदा साउदी अरबका लागि प्रस्तावित सुनारको नाम भने समितिबाट स्वीकृत हुन सकेन । उनको नाम सर्वसम्मतिले अस्वीकार गरिएको हो ।

समितिबाट नाम अनुमोदन भएका राजदूतहरूको नियुक्तिका लागि अब प्रक्रिया अघि बढ्नेछ ।

तपाइको प्रतिक्रिया
९८ जना आरोहीलाई ३१ हिमाल आरोहणका लागि अनुमति
शिक्षा सुधारका लागि सातै प्रदेशमा कार्यशाला, बजेट विनियोजनमा जोड
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
विराटनगरबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
धरानमा लागुऔषधका मुद्दा सर्वाधिक, तीन वर्षमा ४०६ घटना प्रहरीमा दर्ता
कांग्रेसको दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीको शानदार जित
डढेलोले दक्षिणपूर्वी एसिया प्रभावित, सिंगापुरमा प्रदूषण उच्च
रास्वपामा टिकटको नयाँ सूत्र : उम्मेदवार छनोटमा ४० प्रतिशतसम्म सदस्यको मत
विभिन्न प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
पर्यटक भिसामा मोरङ आएर धर्म प्रचार, २४ कोरियालीलाई तीन वर्ष नेपाल प्रवेशमा रोक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×