
इलाम । इलामको रोङ गाउँपालिकाका ६ वटै वडाका ५८ टोल विकास संस्थाको डिजिटल प्रोफाइल प्रस्तुत गरिएको छ ।
टोल विकास संस्थाले गर्दै आएको श्रम अभियानलाई थप प्रोत्साहन गर्न र व्यवस्थित बनाउन कार्यक्रम आयोजना गरिएको हो । सोही अवसरमा रोङ गाउँपालिका–४ का स्वर्गीय वीरबहादुर राईको सम्मानमा उनको तस्बिर अङ्कित टिसर्ट पनि अनावरण गरिएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास), उपाध्यक्ष विष्णुमाया भुजेललगायत जनप्रतिनिधि तथा टोल विकास संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

























