विराटनगरबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार ०७:४१
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ

विराटनगर । विराटनगरबाट प्रहरीले लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई युवकलाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–७ स्थित मातृका मार्गबाट बुधबार साँझ प्रहरीले ३४ ग्राम ५६० मिलिग्राम खैरो हेरोइनसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त टोली खटिएको थियो ।

प्रहरीका अनुसार प्रदेश १–०२–०५१ प १९०१ नम्बरको मोटरसाइकलमा अडेस लागेर बसिरहेका विराटनगर महानगरपालिका–१७ रानीका १९ वर्षीय बासु मण्डलको साथबाट ब्राउन सुगर बरामद भएको हो । उनीसँगै रहेका रानीकै १८ वर्षीय आशुतोष साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागुऔषध र मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
९८ जना आरोहीलाई ३१ हिमाल आरोहणका लागि अनुमति
शिक्षा सुधारका लागि सातै प्रदेशमा कार्यशाला, बजेट विनियोजनमा जोड
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
विराटनगरबाट खैरो हेरोइनसहित दुई युवक पक्राउ
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
धरानमा लागुऔषधका मुद्दा सर्वाधिक, तीन वर्षमा ४०६ घटना प्रहरीमा दर्ता
कांग्रेसको दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीको शानदार जित
डढेलोले दक्षिणपूर्वी एसिया प्रभावित, सिंगापुरमा प्रदूषण उच्च
रास्वपामा टिकटको नयाँ सूत्र : उम्मेदवार छनोटमा ४० प्रतिशतसम्म सदस्यको मत
विभिन्न प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
पर्यटक भिसामा मोरङ आएर धर्म प्रचार, २४ कोरियालीलाई तीन वर्ष नेपाल प्रवेशमा रोक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×