झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार ०७:३४

झापा । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

तल्लो धाइजनबाट माथिल्लो धाइजनतर्फ जाँदै गरेको मे ८ प १३२१ नम्बरको मोटरसाइकल बुधबार राति करिब ९ः३० बजेतिर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१२, सरेडाँगीका करिब २७ वर्षीय तीलकुमार पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका पुरीलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । उनको उपचारकै क्रममा राति १०ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×