पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Share this
639shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कार्तिक १, शनिबार ०६:३६
पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले शनिबार (आज) हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजसम्म पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना छ। हाल देशको हिमाली भूभाग तथा गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहेको छ। अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ।

यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

त्यस्तै, मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

महाशाखाका अनुसार हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित बालबालिकाको पीडाप्रति संवेदनशील बन्न प्रधानमन्त्रीको आग्रह
आर्थिक कारणले दसैँ कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री
झापा, चितवन र रुपन्देहीका ५७ भूमिहीनले पाए लालपुर्जा
क्यानडासँग खेल्दै नेपाल
प्रधानमन्त्रीको भारत भ्रमण मंसिर दोस्रो साता
दसैँले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछ : राष्ट्रपति पौडेल
दसैँका सातौँ दिन विराटनगरमा भित्र्याइयो फूलपाती (फोटो फिचर)
नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको पूजा, दसैँ घरमा फूलपाती भित्र्याइँदै
पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
कोशीमा ६९ पूर्वाधार योजनालाई करिब ५ अर्ब
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित
कोशी प्रदेशमा उत्कृष्ट प्रहरी र सहयोगी संघसंस्था सम्मानित (फोटो फिचर)
मधेश प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीद्वारा राजीनामा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×