एनपीएलमा अन्तर्राष्ट्रिय नियम लागू गरिने

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कार्तिक १, शनिबार १२:०८

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अन्तर्राष्ट्रिय क्रिकेट मापदण्ड कडाइका साथ लागू गरिने भएको छ । प्रतियोगितालाई व्यवस्थित, पारदर्शी र अन्तर्राष्ट्रिय स्तरअनुरूप बनाउन नियम तथा नियमनको प्रभावकारी कार्यान्वयनमा जोड दिइने भएको हो ।

एनपीएलमा सहभागी हुने विदेशी खेलाडीका लागि आवश्यक अनापत्ति प्रमाणपत्र (एनओसी) अनिवार्य गरिनेछ । त्यस्तै, प्रतियोगितालाई निष्पक्ष बनाउन भ्रष्टाचार तथा म्याच फिक्सिङ नियन्त्रणसम्बन्धी व्यवस्था पनि कडाइका साथ लागू गरिने जनाइएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का नियमअनुसार प्रतियोगिता सञ्चालन गर्नुले नेपाली घरेलु क्रिकेटको विश्वसनीयता र स्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ । प्रतियोगितालाई आईसीसीले आधिकारिक मान्यता दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×