बडादसैँकाे दोस्रो दिन: टीका र जमरा लगाउने क्रम जारी

Share this
783shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ५, बिहीबार ०७:५८

काठमाडौं । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी छ ।

विजयादशमीको दिन आफ्नै घरपरिवारभित्र टीका–जमरा लगाएकाहरू आज दोस्रो दिन आफ्ना टाढा–टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आशीर्वाद लिने गर्दछन् । मान्यजन टाढा हुनेहरू आजदेखि कोजाग्रत पूर्णिमासम्म नै आशीर्वाद थाप्न जाने गर्दछन् ।

नेपालका कतिपय स्थानमा विजयादशमीको दिन मात्र टीका लगाउने परम्परा भए पनि अधिकांश स्थानमा भने विजयादशमीदेखि सुरु भएको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्मै निरन्तर चल्ने गर्दछ।

नवदुर्गा भवानीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म नै दसैँको टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
चोरीका तीन मोटरसाइकलसहित युवक पक्राउ
मोटरसाइकलको ठक्करले लेटाङमा वृद्धको मृत्यु
इटहरीमा जुवा खेल्ने पाँच जना पक्राउ, ३ लाख ७१ हजार रुपैयाँ बरामद
रंगेलीमा सशस्त्र प्रहरीमाथि हातपात गरेको आरोपमा तीन जना पक्राउ
इजरायलमा सत्ता संघर्ष तीव्र, नेतान्याहुलाई विपक्षीको चुनौती
विश्वबजारमा पुग्यो नेपाली फिल्म ‘लालीबजार’
बाढीपहिरोले घिरिङका सडक र बस्ती जोखिममा, मर्मतको पहल
त्रियुगामा स्यालको आतंक : १५ पशुचौपाया घाइते, गाउँले त्रसित
ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
इरानमाथि नयाँ आक्रमणको तयारीमा अमेरिका, तेहरानले दियो कडा प्रतिकारको चेतावनी
देशभर सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ३१३ जना घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×