झापामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २, सोमबार १०:०८
झापामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

झापा । झापामा कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हल्दिबारी गाउँपालिका–५ घर भई हाल भद्रपुर नगरपालिका–६, वधशालास्थित साजन होटेल सञ्चालन गर्दै आएका ४४ वर्षीय मनकुमार लिम्बूलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लिम्बूको साथमा हतियार रहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनको कोठामा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा लिम्बू सुत्ने बेडमुनि लुकाई छिपाइ राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×