
काठमाडौं । लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई ललितपुरको सानेपाबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार भट्टलाई नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेले भट्ट पक्राउ परेको पुष्टि गर्दै उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । भट्टमाथि लागेको कसुर र त्यससम्बन्धी विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।

























