ताप्लेजुङको फक्ताङलुङमा काठेपुल बनेपछि पर्यटकलाई सहज

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २, सोमबार ११:०२

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित ४ हजार ७८० मिटर उचाइको लोनाक खोलामा काठेपुल निर्माण गरिएको छ । कञ्चनजंघा क्षेत्रको भ्रमणमा आउने पर्यटक र चौँरीपालकलाई आवतजावतमा सहज बनाउने उद्देश्यले पुल निर्माण गरिएको हो ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को नेतृत्वमा पुल निर्माण गरिएको फक्ताङलुङ गाउँपालिकाका कार्यपालिका सदस्य तथा पर्यटन व्यवसायी तेन्जिङसेराप शेर्पाले जानकारी दिए ।

परिषद्का अनुसार कञ्चनजंघा क्षेत्रको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटक र चौँरीपालकलाई खोलामा आवतजावत गर्न सहज होस् भनेर पुल बनाइएको हो । पुल बनेपछि पदयात्रा गर्न तथा याक र खच्चर आवतजावत गराउन पनि सहज भएको स्थानीय नुपु शेर्पाले बताए ।

श्रमदानसमेत परिचालन गरेर निर्माण गरिएको पुलको लागत भने यकिन भइनसकेको परिषद्ले जनाएको छ । पर्यटकीय याम सुरु भएसँगै फ्रान्स, जर्मनी, बेलायत र चीनलगायतका देशबाट विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रको भ्रमणमा आउन थालेको व्यवसायी शेर्पाले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×