दुहबीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २, सोमबार ११:३७

सुनसरी । सुनसरीको दुहबीबाट प्रहरीले ५७४ किलो ८७० ग्राम गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार राति करिब १२:३० बजे कोशी राजमार्ग हुँदै इटहरीबाट विराटनगरतर्फ नम्बर नखुलेको एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त भएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो ।

खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टोलीले दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा एम्बुलेन्स बेवारिसे अवस्थामा फेला पारेको थियो । एम्बुलेन्स जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×