
सुनसरी । सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज (सोमबार) बिहान मृत फेला परेका छन् ।
प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव बिहान फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार कोइरालाको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको छ ।

























