
काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ । ती घटनामा ११ जना घाइते भएका छन् ।
विपत्तिका घटनाबाट १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पदंशका पाँच र जनावर आक्रमणको एउटा घटना भएको छ ।
यसैबीच, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत असोज २५ देखि आजसम्म मादक पदार्थ सेवन गरेका ६७७ जना र लागुऔषध सेवन गरी सवारी चलाएका २६ जना चालकलाई कारबाही गरेको छ । उनीहरूमाथि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही भएको हो ।



















