ताप्लेजुङमा तीन महिनामै एक करोडभन्दा बढीको खाद्यान्न बिक्री

Share this
818shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ६, शुक्रबार ११:५७

ताप्लेजुङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक करोड दुई लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री गरेको छ ।

शाखाले साउनदेखि असोजसम्म एक करोड दुई लाख ७५० रुपैयाँको खाद्यान्न बिक्री गरेको शाखा प्रमुख प्रकाश तिम्सिनाले बताए । गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले एक करोड छ लाख रुपैयाँको खाद्यान्न बिक्री गरेको थियो ।

तिम्सिनाका अनुसार तीन महिनामा एक हजार १८२ क्विन्टलभन्दा बढी खाद्यान्न बिक्री भएको छ । यस अवधिमा सबैभन्दा बढी जिरा मसिनो चामल बिक्री भएको छ। कार्यालयका अनुसार ५० लाख ६५ हजार २५ रुपैयाँको ५७२ क्विन्टल जिरा मसिनो चामल बिक्री भएको हो ।

त्यस्तै, २० लाख ९० हजार ६२५ रुपैयाँको ३४० क्विन्टल सोना चामल बिक्री भएको कार्यालयले जनाएको छ । ताप्लेजुङमा कम्पनी स्थापना भएको ४८ वर्षपछि चिनी र दाल बिक्री सुरु गरिएको थियो । यस अवधिमा २४८ दशमलव ५ क्विन्टल चिनी बिक्रीबाट २७ लाख ३५ हजार ५०५ रुपैयाँ आम्दानी भएको छ । यस्तै, २१ दशमलव ५ क्विन्टल दाल बिक्रीबाट तीन लाख १३ हजार ५०५ रुपैयाँको कारोबार भएको कार्यालयले जनाएको छ ।

चाडपर्वको समयमा चिनी र दाल विशेष छुटमा बिक्री सुरु गरेपछि उपभोक्ताको चाप बढेको र त्यसले खाद्यान्न बिक्री बढाउन सहयोग पुगेको कार्यालयको भनाइ छ । कम्पनीले चिनी प्रतिकिलोग्राम ११० रुपैयाँ र दाल प्रतिकिलोग्राम १४५ रुपैयाँमा बिक्री गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
आदिनाथ मन्दिरमा एक महिने मेला कात्तिक ९ देखि, दुई लाख भक्तजन आउने अनुमान
नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने युग सकियो : अर्थमन्त्री वाग्ले
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट खेल्ने
साउदीमा विद्रोहीको आक्रमणप्रति राष्ट्रसंघको चिन्ता
म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा
मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते
कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु
दसैँमा सौराहामा पर्यटकको चहलपहल सुस्त, बाढीको त्रासले व्यवसाय प्रभावित
निजी तथा पारिवारिक भ्रमणमा रवि लामिछाने भारत प्रस्थान
अर्थमन्त्री वाग्ले भारतमा, विश्व सम्मेलनमा सहभागी हुने
साउदीमा आक्रमण : नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न कांग्रेसको माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×