साइबर सुरक्षा जोखिमका कारण राष्ट्र बैंकको वेबसाइट अस्थायी बन्द

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ६, शुक्रबार ११:४३

काठमाडौं। नेपाल राष्ट्र बैंकले (पीएचपी)  वेब प्रविधिमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आफ्नो वेबसाइटसहितका विभिन्न सेवा अस्थायी रूपमा बन्द गरेको छ। बैंकले शुक्रबार सार्वजनिक गरेको सूचनामार्फत सम्भावित सुरक्षा जोखिमबाट बच्न वेबसाइट तथा सम्बन्धित सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएको हो।

सेवा बन्द भएपछि बैंकिङ तथा वित्तीय क्षेत्रका निकाय र सर्वसाधारणलाई पर्न गएको असुविधाप्रति राष्ट्र बैंकले क्षमायाचना गरेको छ। साथै, सेवा पुनः सञ्चालनमा नआएसम्म बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि आधिकारिक सामाजिक सञ्जालका माध्यमहरू प्रयोग गर्न अनुरोध गरेको छ।

सुरक्षा जोखिमलाई मध्यनजर गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई समेत सतर्कता अपनाउन आग्रह गरेको छ।

त्यसैगरी, सम्बन्धित संस्थाहरूले आफ्ना सर्भरमा प्रयोग भइरहेका प्रणालीको सुरक्षा सुदृढ बनाउन, आवश्यक प्राविधिक सावधानी अपनाउन तथा नियमित सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउनुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×