साउदीमा आक्रमण : नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न कांग्रेसको माग

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ६, शुक्रबार ११:५९

काठमाडौं । साउदी अरबको सेवा आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेसले विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको हो ।

कांग्रेसले निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटनाको निन्दा गर्दै नेपाल संलग्न नरहेको द्वन्द्वमा नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद र चिन्ताजनक रहेको जनाएको छ । कांग्रेस सभापति गगनकुमार थापाले घटनाप्रति दुःख व्यक्त गर्दै साउदी अरबमा कार्यरत नेपाली नागरिकको सुरक्षाका लागि थप प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन तथा आवश्यक परेमा नेपाली नागरिकको उद्धारको प्रबन्ध गर्न समेत सरकारसँग आग्रह गरेका छन् । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा शोकसन्तप्त परिवारलाई यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गरिएको छ ।

तपाइको प्रतिक्रिया
आदिनाथ मन्दिरमा एक महिने मेला कात्तिक ९ देखि, दुई लाख भक्तजन आउने अनुमान
नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने युग सकियो : अर्थमन्त्री वाग्ले
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट खेल्ने
साउदीमा विद्रोहीको आक्रमणप्रति राष्ट्रसंघको चिन्ता
म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा
मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते
कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु
दसैँमा सौराहामा पर्यटकको चहलपहल सुस्त, बाढीको त्रासले व्यवसाय प्रभावित
निजी तथा पारिवारिक भ्रमणमा रवि लामिछाने भारत प्रस्थान
अर्थमन्त्री वाग्ले भारतमा, विश्व सम्मेलनमा सहभागी हुने
साउदीमा आक्रमण : नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न कांग्रेसको माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×