
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । उनी भारतीय सञ्चारमाध्यम एनडीटीभीले अक्टोबर २२ र २३ मा आयोजना गरेको ‘एनडीटीभी विश्व सम्मेलन २०२६’ मा सहभागी हुन त्यहाँ पुगेका हुन् ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली नियोगका प्रतिनिधि डा. सुरेन्द्र थापाले स्वागत गरेका थिए ।
सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

























