
काठमाडौं । फिफा यू–१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग ३–१ गोलले पराजित भएको छ ।
अजरबैजानमा भएको खेलमा ट्युनिसियाका अयुब नुरी, करिम मुख्तार र अजिज मालेजले गोल गरे । नेपालका अर्जुन मगरातीले एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।
नेपालले अब आइतबार गिनी–बिसाउ र एल साल्भाडोरसँग प्रतिस्पर्धा गर्नेछ । सोमबार ब्राजिल र प्रजातान्त्रिक गणतन्त्र कंगोसँग खेल्ने तालिका छ ।
नेपाल रहेको समूहमा ब्राजिल, प्रजातान्त्रिक गणतन्त्र कंगो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसिया छन् ।



















