मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ७, शनिबार १८:५०

विराटनगर । विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा आज (शनिबार) मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१२ स्थित स्वागतम होटलनजिकै असोज २८ गते राति करिब १०:२० बजे को ४ प ४४२९ नम्बरको मोटरसाइकलले बाटो काटिरहेका दुई पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा झापाको झापा गाउँपालिका–४ का २५ वर्षीय रोहित ताजपुरिया र सुनसरीको भोक्राहा गाउँपालिका–२ का २८ वर्षीय यासिर अरफात यासिन घाइते भएका थिए । ताजपुरियाको टाउकोमा तथा यासिनको हातखुट्टामा चोट लागेको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१४ का ४६ वर्षीय पूर्ण कठेत पनि घाइते भएका थिए । उनको अनुहार, टाउको र दुवै हातमा चोट लागेको थियो । न्युरो अस्पताल विराटनगरमा उपचाररत कठेतको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल वडा प्रहरी कार्यालय विराटनगरको नियन्त्रणमा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×