दसैँको टीका लगाउने क्रम जारी, मान्यजनबाट आशीर्वाद लिनेको चहलपहल

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ७, शनिबार ०७:०८

काठमाडौं । विजयादशमीको दिनदेखि सुरु भएको बडादसैँको टीका लगाउने क्रम आज चौथो दिन पनि जारी छ। मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न आफन्त तथा परिवारजनकहाँ जानेहरूको चहलपहल कायमै रहेको छ।

निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर आशीर्वाद लिन नेपालीहरू टाढा टाढाबाट यात्रा गरिरहेका छन् । परिवार, आफन्त र इष्टमित्रसँग भेटघाट गर्दै दसैँको खुसी साटासाट गर्ने क्रम पनि चलिरहेको छ।

नेपाली समाजमा विजयादशमीको दिनलाई टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने प्रमुख दिनका रूपमा लिइन्छ। यस दिन मान्यजनबाट टीका र जमरा लगाई सुख, शान्ति, समृद्धि तथा दीर्घायुको कामना गर्दै आशीर्वाद लिने परम्परा छ।

यद्यपि, टाढा रहेका माइती, मावली तथा अन्य आफन्तकहाँ विजयादशमीकै दिन पुग्न सम्भव नहुने भएकाले त्यसपछिका दिनमा पनि टीका लगाउने चलन छ। यही परम्पराअनुसार कोही आफन्तको घरमा पुगेर टीका थापिरहेका छन् भने कोही घरमै आफन्तलाई स्वागत गर्दै दसैँ मनाइरहेका छन्।

परम्पराअनुसार बडादसैँको टीका लगाउने क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। यस अवधिमा आफन्तसँगको भेटघाट, आशीर्वाद आदानप्रदान र पारिवारिक मिलनले दसैँको सांस्कृतिक तथा सामाजिक महत्त्वलाई थप उजागर गर्छ।

तपाइको प्रतिक्रिया
पीडा, सपना र आशाको कथा बोकेको ऋचा काफ्लेको नयाँ गीत सार्वजनिक
पीडा, सपना र आशाको कथा बोकेको ऋचा काफ्लेको नयाँ गीत सार्वजनिक
शनिबारका लागि विदेशी मुद्रा विनिमय दर 
शनिबारका लागि विदेशी मुद्रा विनिमय दर 
ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै 
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै 
मोरङ कारागारमा विपश्यना ध्यान: कैदीबन्दीमा सकारात्मक सोच र व्यवहार परिवर्तनको प्रयास
मोरङ कारागारमा विपश्यना ध्यान: कैदीबन्दीमा सकारात्मक सोच र व्यवहार परिवर्तनको प्रयास
दसैँको टीका लगाउने क्रम जारी, मान्यजनबाट आशीर्वाद लिनेको चहलपहल
 
बालिका र युवकलाई दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ
पश्चिमी वायुको आंशिक प्रभाव: हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
पश्चिमी वायुको आंशिक प्रभाव: हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
 
चक्कु प्रहारबाट एक जना घाइते, एक जना पक्राउ
तोमनाथ उप्रेतीको ‘अक्षरभित्र चिन्तन’ विमोचित
तोमनाथ उप्रेतीको ‘अक्षरभित्र चिन्तन’ विमोचित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×