इलाममा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ७, शनिबार १९:३८

इलाम । इलामको माङसेबुङ गाउँपालिका-२, इभाङ माझबरस्थित गजुरमुखी-चतुरे सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।

मे ७ प ७६४६ नम्बरको मोटरसाइकल र मे ११ प २२६१ नम्बरको मोटरसाइकल आज (शनिबार) ठोक्किएका हुन्।

दुर्घटनामा झापाको दमक नगरपालिका-२ का ५५ वर्षीय अमृत पाण्डे र उनका छोरा वेदप्रसाद पाण्डे घाइते भएका छन् । त्यस्तै, माङसेबुङ गाउँपालिका-१ का शम्भु राई पनि घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×