बस दुर्घटनामा ६ जनाको मृत्यु, १२ घाइते

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ८, आइतबार १३:०१

एजेन्सी । म्यानमाको मन्डाले क्षेत्रमा भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो ।

विभागका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडक खण्डको ओरालोमा दुर्घटना भएको हो । पिन ओ ल्विनबाट मन्डालेतर्फ गइरहेको बसको ब्रेक फेल भएपछि विपरीत दिशाबाट आएको भ्यानसँग ठोक्किएको थियो ।

ठक्करपछि बस सडक छेउको खोल्सामा खसेर पल्टिएको थियो । दुर्घटनालगत्तै स्थानीय अग्नि नियन्त्रक र उद्धारकर्मीलाई घटनास्थलमा परिचालन गरिएको विभागले जनाएको छ ।

दुर्घटनामा भ्यानका चालकको मृत्यु भएको छ । बसमा सवार २९ जनामध्ये पाँच जनाको ज्यान गएको र १२ जना घाइते भएको बताइएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । उद्धार टोलीले दुर्घटनामा परेका तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी र उद्धार कार्य जारी राखेको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×