
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केशलिया खोलामा बोराभित्र हालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
स्थानीयले आज आइतबार बिहान खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लसहितको टोली पुगेको छ ।
प्रहरीका अनुसार शवको पहिचान खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















