दसैँपछि ओरालो लाग्यो नेप्से

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ९, सोमबार १६:०१

काठमाडौं । दसैँअघि सात कारोबार दिनसम्म निरन्तर उकालो लागेको सेयर बजारमा चाडपछिको पहिलो दिन गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २ हजार ६२९ अंकमा झरेको हो ।

बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घट्दा कारोबार रकमसमेत खुम्चिएको छ । अघिल्लो कारोबारमा ४ अर्ब ८८ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ४ अर्ब रुपैयाँमा सीमित भयो ।

कुल २७६ कम्पनीमध्ये १७१ वटाको सेयर मूल्य घट्दा ९९ वटाको बढेको छ । ६ कम्पनीको मूल्यमा भने परिवर्तन भएन ।

समग्र बजार ओरालो लागे पनि उत्पादन तथा प्रशोधन र व्यापार समूहमा लगानीकर्ताको आकर्षण देखियो । उत्पादन तथा प्रशोधन समूह १.०३ प्रतिशत र व्यापार समूह १.११ प्रतिशतले बढेका छन् । सिमेन्ट कम्पनीको सेयर मूल्यमा आएको वृद्धिले उत्पादन तथा प्रशोधन समूहलाई टेवा दिएको छ । व्यापार समूहमा विशाल बजार कम्पनीको मूल्य १.४१ प्रतिशत बढेको छ ।

सोमबार बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको ५.८१, सोनापुर सिमेन्टको ५.०७, सगरमाथा जलविद्युत् कम्पनीको ४.७२ र घोराही सिमेन्टको ४।४७ प्रतिशतले मूल्य बढेको छ ।

यसको विपरीत चिरख्वा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ७.९२ प्रतिशतले घटेको छ । महिला लघुवित्तको ७.५७, गुराँस लघुवित्तको ५.८१ र एसियन हाइड्रोपावरको ४.३४ प्रतिशतले मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी, अपि पावर, सानिमा बैंक र सानिमा मिडिल तमोर अगाडि रहे ।

दसैँअघि देखिएको निरन्तर वृद्धिपछि बजारमा आएको यो गिरावटसँगै लगानीकर्ताको गतिविधि उत्पादनमूलक कम्पनी र व्यापार समूहमा बढी केन्द्रित देखिएको छ ।

तपाइको प्रतिक्रिया
चक्रवातको जोखिमः मोरङमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
चीनको ग्लोबल गभर्नेन्स फोरममा सहभागी भएर फर्किइन् विद्यादेवी भण्डारी
जापानको राजनीतिमा तीन दशक प्रभाव जमाएका पूर्वप्रधानमन्त्री फुकुदाको निधन
ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य गर्न आयल निगमको निर्देशन
चक्रवात ‘अर्णव’को प्रभाव कोशीसहित चार प्रदेशमा, बिहीबारदेखि भारी वर्षा र हिमपातको सम्भावना
झापाको एक घरबाट ८ लाख रुपैयाँ बराबरको धनमाल चोरी
सुरु भयो एनपीएल, उद्घाटन खेलमा टस जितेर बलिङ गर्दै लुम्बिनी
निर्वाचनको मुखमा टिकट बाँड्ने र खोस्ने काम अब हुँदैनः थापा
बेलायतका नेपालीले दिए बाढीपीडितका लागि एक करोड
कोशी प्रदेश : पर्यटन वर्षमा करोडौँ खर्च, पर्यटक आगमन भने २२ प्रतिशतले घट्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×