गुवाहाटी गोलीकाण्डः एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

Share this
639shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार ०९:५४

एजेन्सी । भारतको असम राज्यस्थित गुवाहाटीमा गोली चल्दा एउटै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ । घटनामा अर्का एक जना गोली लागेर घाइते भएका छन् ।

सम्पत्ति विवादको आशंकामा गुवाहाटीस्थित परिवारकै स्वामित्वमा रहेको होटलमा गोली चलाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटना सहरको व्यस्त सडक जीएस रोडस्थित होटल बिलास इनमा सोमबार राति करिब ९ बजे भएको हो । घटनाको एक घण्टाभित्रै गोली चलाएको आरोपमा प्रहरीले घनकान्त गोगोईलाई पक्राउ गरेको छ ।

प्रहरीले उनीसँग रहेको लाइसेन्स प्राप्त ३२ बोरको पेस्तोलसमेत बरामद गरेको जनाएको छ । गुवाहाटीका प्रहरी आयुक्त पार्थसारथी महन्तका अनुसार गोगोईले गत वर्ष होटल सञ्चालकबाट होटल भाडामा लिएका थिए । होटलको भाडा सम्झौतासम्बन्धी विवादका कारण घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

मृत्यु हुने पाँच जनामध्ये चार जना होटलका मालिक पक्षका एउटै परिवारका सदस्य रहेका र अर्का एक मृतक तथा घाइते व्यक्ति होटल सञ्चालककै गाउँका रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
झापामा हवाई फायर गरेर दुई जना पक्राउ
तार चोरीको लाञ्छनादेखि हत्यासम्म, घरमै बोलाएर लिइयो व्यापारीको ज्यान
सीमा अभिलेखमा नभएका भारतीय गाडी विराटनगरमा फेला, तीन पटकसम्म भन्सार अनुमति पाएको खुलासा
चोरी आरोपको बदला लिन हत्या, शव बोरामा हालेर खोलामा फालियो
विराटनगर भन्सारको राजस्व असुली लक्ष्यभन्दा बढी, असोजमा १००.२६ प्रतिशत संकलन
मौसमी जोखिम: उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह
तिहार र छठ नजिकिँदै, माटो र बाँसका सामग्रीको व्यापार बढ्यो
चक्रवातको असर नेपालमा फैलिँदै, तीन प्रदेशका हिमाली क्षेत्रमा उच्च जोखिम
सम्भावित मौसमी जोखिमबाट बच्न सतर्क रहन धनकुटा प्रशासनको आग्रह
झापाका विकास आयोजनाबारे सांसदको चासो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×