अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा जोड्न माग

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार २०:५७

विराटनगर । थाइल्याण्डको बैंककमा जारी विश्व सार्वजनिक यातायात सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्न माग गरेका छन् । कानुन बनेको आठ वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको भन्दै उनले यातायात, निर्माण, गलैँचालगायतका क्षेत्रमा कार्यरत श्रमिक सामाजिक सुरक्षाबाट वञ्चित रहेको बताए ।

राईले सरकारी कर्मचारीका लागि सञ्चय कोषको व्यवस्था भए पनि अनौपचारिक क्षेत्रका श्रमिकका लागि सरकारी योगदान कसले गर्ने भन्ने अन्योल कायमै रहेको उल्लेख गरे । वैदेशिक रोजगारीमा रहेका नेपालीको सामाजिक सुरक्षा योगदानलाई निरन्तरता दिनुपर्ने र रेमिट्यान्स पठाउने प्रवासी श्रमिकका लागि पनि सरकारले योगदान गर्नुपर्ने उनको भनाइ थियो ।

श्रमिक तथा रोजगारदाताले जम्मा गरेको रकमबाट सञ्चालन हुने सामाजिक सुरक्षा कोष श्रम मन्त्रालयअन्तर्गत रहनुपर्नेमा पनि उनले जोड दिए । वर्तमान सरकारले कोषलाई श्रम मन्त्रालयबाट स्थानान्तरण गरेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राखेको विषयसमेत उनले उठाए ।

विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा सफा टेम्पोमा कार्यरत स्वरोजगार श्रमिकको संरक्षण गर्न पनि राईले सरकारको ध्यानाकर्षण गराए ।

सम्मेलनमा भारतको पुणे महानगरपालिकाका कर्पोरेट तथा श्रमिक नेता सुनिल सिन्देले सहभागी देशका सार्वजनिक यातायात र त्यहाँ कार्यरत श्रमिकको अवस्थाबारे जानकारी पाएको बताए । यस्ता सम्मेलनले आगामी दिनमा लाभ पुर्‍याउने उनको भनाइ थियो । विश्व सम्मेलनमा विभिन्न देशका अनुसन्धानकर्ता, सरकारी प्रतिनिधि, रोजगारदाता, विश्वविद्यालयका प्राध्यापक, श्रमिक युनियन, एसियाली विकास बैंक तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिसहित करिब दुई सय जनाको सहभागिता छ ।

तपाइको प्रतिक्रिया
इजरायली चुनावमा सत्ताको समीकरण अनिश्चित, नेतान्याहु र आइसेनकोटको समूह बराबरीको अवस्थामा
पाँचथरका दुई जना ब्राउन सुगरसहित काठमाडौंमा पक्राउ
सुनसरीमा गाँजा र प्रतिबन्धित औषधिसहित चार जना पक्राउ
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १४२ रुपैयाँ ४९ पैसा
पहिलो हार बिर्साउँदै जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
तीन दिन भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन मौसमविद्को आग्रह
जनकपुरलाई १९ रनले हराउँदै कर्णाली याक्सको विजयी सुरुवात
अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा जोड्न माग
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
अदालतले थुनामा पठाउँदैमा कुरा सकिँदैन, सर्वोच्चले जाँच्न सक्छ
मोरङमा रिफाइन आयलको प्लान्टमा आगलागी
हिमपातको जोखिमले तीन दिन पदयात्रा अनुमति रोकियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×