नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन सकिने

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ११, बुधबार १२:२८

काठमाडौं । नेपाली नागरिकले अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची र नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार आगलागी वा पानीले भिजेर नागरिकता नष्ट भएको, च्यातिएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सक्नेछन् ।

गृह मन्त्रालयको कात्तिक ९ गतेको परिपत्रअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सेवा दिन तीन जिल्ला प्रशासन कार्यालयबाट प्रदेशगत रूपमा प्रतिलिपि उपलब्ध गराइनेछ ।

जसअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकले सेवा लिन सक्नेछन् । ललितपुरबाट कर्णाली र सुदूरपश्चिम तथा भक्तपुरबाट कोशी र मधेस प्रदेशका नागरिकले सेवा पाउनेछन् ।

प्रतिलिपिका लागि निवेदन दिँदा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रहेको विवरणसँग जैविक विवरण हुबहु मिलेमा प्रतिलिपि जारी गरिने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तर, प्रणालीमा अभिलेख नभिडेको, पुरानो नागरिकतामा भएकोभन्दा फरक नाम, थर, जन्म मिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिन खोजेको तथा पहिलो नजरमै शंकास्पद देखिएको अवस्थामा भने नागरिकता जारी भएको साबिककै जिल्लामा सम्पर्क गर्नुपर्नेछ ।

तपाइको प्रतिक्रिया
चोरी आरोपको बदला लिन हत्या, शव बोरामा हालेर खोलामा फालियो
विराटनगर भन्सारको राजस्व असुली लक्ष्यभन्दा बढी, असोजमा १००.२६ प्रतिशत संकलन
मौसमी जोखिम: उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह
तिहार र छठ नजिकिँदै, माटो र बाँसका सामग्रीको व्यापार बढ्यो
चक्रवातको असर नेपालमा फैलिँदै, तीन प्रदेशका हिमाली क्षेत्रमा उच्च जोखिम
सम्भावित मौसमी जोखिमबाट बच्न सतर्क रहन धनकुटा प्रशासनको आग्रह
झापाका विकास आयोजनाबारे सांसदको चासो
नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन सकिने
भोजपुरको बारीबाट हराउँदै रैथाने कोदो: दुःख धेरै, आम्दानी थोरै
तेह्रथुममा घट्दै कोदो खेती, बढ्दै नगदेबालीको आकर्षण
कांग्रेस जिल्ला र प्रदेश अधिवेशन मंसिरमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×