धनकुटामा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ११, बुधबार २१:२३

धनकुटा । धनकुटाको पाख्रीबास बजारबाट प्रहरीले तास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ४१ हजार ५२७ रुपैयाँ नगद र एक बुक तास बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मंगलबार साँझ पाख्रीबास नगरपालिका-४ स्थित डिपिन गौतमको घरमा तास खेलिरहेको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो । प्रहरी निरीक्षक रामप्रसाद खनालको नेतृत्वमा खटिएको टोलीले तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका-२ का टेकनाथ अधिकारी, नवराज मगर, डिपिन गौतम, ललित राना, चन्द्रबहादुर राना, निरज श्रेष्ठ, दीपक अधिकारी, धनबहादुर मगर र तोर्ण मगर छन् । त्यस्तै, पाख्रीबास नगरपालिका-४ का भीम बस्नेत र चितवनको भरतपुर महानगरपालिका-७ का अर्जुन सुयाल पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरूलाई बुधबार जिल्ला प्रशासन कार्यालय धनकुटाबाट जुवा खेल्न तथा सट्टेबाजी गर्न नहुने कसुरमा पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×